मकवानपुरका विद्यालयहरूको मुहार फेरिँदै (फोटोहरू)
सम्झना घिमिरे/ मकवानपुर जिल्लामा जापानिज अन्तरास्ट्रिय सहयोग नियोग जाइकाको प्याकेज आठ अन्तर्गतका विद्यालयहरू पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
प्याकेज आठ अन्तर्गतको १२ वटा मध्ये १० वटा विद्यालयको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईले जनाएको छ ।
निर्माण व्यवसायिहरूको कुशल व्यवस्थापनका कारण निर्धारित समय अगावै आयोजना सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाईका सन्दिप अधिकारीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ– 'निर्माण व्यवसायिहरूले प्रत्येक आयोजनामा छुट्टाछुट्टै जनशक्ति तथा साधन स्रोतको प्रयोग गर्नुहुन्छ,जसले गर्दा काममा कुनै किसिमको अवरोध सिर्जना र ढिलासुस्ति नभई समयमै सकिएको हो ।'
२०७५ असोजबाट सुरू भएको प्याकेज प्राय जसो आयोजनाको निर्धारित समय यस बर्षको अन्तिममा रहेकोमा निर्माण सम्पन्न भएका राइगाँउका सुर्य मावि तथा बाग्मती माविका नवनिर्मित भवन २७ गते, कालिका मावि नामटार २८ गते, कालीदेवी मावि शिखरपुर असोज २ गते बिद्यालयलाई हस्तान्तरण गर्ने तयारी छ ।
यस्तै बागेश्वरी मावि टिष्टुङ, जनज्योतिमावि चुरियामाइ, प्रसिद्ध मावि मन्थलीका भवन संरचनाहरु निर्माण सम्पन्न भइसकेको र हस्तान्तरणको तयारीमा रहेको कार्यालयका इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।
यस्तै गरि जाइकाले मकवानपुरमा ८ वटा प्याकेजमा गरि कुल ४२ वटा बिद्यायालयमा ५ सय २० वटा कक्षा कोठा निर्माण गराइरहेको छ ।
जाइकाले भुकम्पपछि निर्माण शुरु गरे यता यस बर्षसम्म १२ बिद्यायालयमा संरचना निर्माण गरि हस्तान्तरण भएका छन् । यस्तै ७ वटा निर्माण सम्पन्न भइ हस्तान्तरणको तयारीमा छन भने ३० वटा निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
प्याकेज ८ मा रहेका १२ बिद्यायालय मध्ये आधुनिक राष्ट्रिय मावि हेटौंडा तथा बुद्ध मावि पदमपोखरीका बिद्यायालय भवनहरु निर्माणका अन्तिम चरणमा रहेका छन् । बिद्यायालयका ६ देखि २८ वटासम्म कक्षाकोठा पुननिर्माण गरिएका छन् ।