जिप्रका मकवानपुरद्वारा विभिन्न स्थानबाट बरामद लागुऔषध जलाएर नष्ट(फोटो फिचर)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरेको लागुऔषध आज जलाएर नष्ट गरेको छ ।
प्रहरीले आज मकवानपुरको भिमफेदी गाउँपालिका १ सानटार र हेटौँडा १ को संगम स्थल केसडी खोलाको किनारमा लागुऔषध जलाएर नष्ट गरेको हो ।
पत्रकारको रोहबरमा लागुऔषध गाँजा ३ सय ९२ किलो ८५५ ग्राम, नाईट्रोभेट ६ सय ५६ ट्याब्लेट, फेनारगन ४१ एम्पुल, ब्युप्रोनोर्फिन ४१ एम्पुल, डाईजेल्याब ४२ एम्पुल, WINCIREX ११ बोतल जलाएर नष्ट गरेको हो ।
बरामद गरिएको लागुऔषध अदालतबाट अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा भए पछि जलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
नष्ट गरिएको लागुऔषध गाँजाको मुल्य प्रतिकिलो १५ हजार पर्ने एसपी सिंहले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि मदन कुमार श्रेष्ठ, सामाजिक संस्थाका अगुवा राम विष्ट, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंह, प्रहरी निरीक्षक पवन कुमार झा लगायत सरोकारवालाहरुको उपस्थितिमा लागुऔषध जलाएर नष्ट गरिएको हो ।