दवाव र चापमा हेटाैडा अस्पताल

छहारी संवाददाता
भदौ २१, २०७६

सम्झना घिमिरे/अस्पतालकाे टिकट काउन्टरकाे लाईन छेउमा बसेर एक बृद्दा रूदै भन्दै थिईन कसैकाे मनमा दया रहेनछ । पापै पाप भरिएछ जताततै ।

हेटाैडा १७ कि ८३ बर्षिय बृद्दा केदार कुमारि अधिकारी दमकाे र सुगरकाे विमारि रहिछन , छाेराले स्वास्थ्य विमा गरेकाे छ भनेर उपचार गराउन भनेर वृद्द बाबुकाे साथमा पठायछन तर अस्पतालमा बृद्द बृद्दालाई लाईनमा वसेर उपचार गराउनुपर्ने बाध्यता छैन तर लामाे समयदेखि लाईनमा वस्ने अन्य पाैढ तथा युवावस्थाका विरामिहरूले लाईन काटेर जान पाईन्न हामी पनि विरामि हाे बुढाे हाेस कि बच्चा सबले लाईनमै बस्नुपर्छ भनेपछि उभिन नसक्ने हालतकि ती वृद्दा लाइन नै नबसी छेउमा बसेर रूदै थिन ।

हिजाे पनि अाका थियाै तर के के चेक गराउनुपर्ने रेछ नभ्याएर अाज पनि अाकाे भन्दै थिय वृद्दाकाे उपचार गराउन अाउने उनका श्रिमान । उनी हरेस खाँदै भन्दै थिय अब त सकिन्न हाेला उपचार नगराएरै फर्किनुपर्ला जस्ताे छ ।

त्यस्तै निमाेनियाले थलिएर थरथर काप्दै भर्ना गर्ने वार्डसम्म पुगेकि बाटुलि सञ्जेल धेरै समय वार्ड बाहिर कुरेर बसिरहिन ।

मकवानपुर गढी ३ निवासी ६५ बर्षीया बाटुली सञ्जेललाई हेटौंडा अस्पतालले भर्ना हुन सिफारिस त गर्यो तर दुईदिनदेखि अस्पताल धाईरहेकि बाटुलि अस्पतालमा वेड खालि नहुँदा काेहि डिस्चार्ज भएर जालान र अाफुले बेड पाउला भन्ने अाशामा वार्ड बाहिर उभिन नसक्ने हालतमा छाेरिकाे हातकाे साहारमा उभिरहेकि थिईन ।

वार्डमा वस्ने एक परिचारिकाले हकार्दै थिईन यहाँ नअाउनु यता वस्ने ठाउँ छैन । तपाईहरू फर्कनुस खालि भएसि भाेलि पर्सि अाउनुस । छाेरिकाे हातकाे साहारामा उभिएकि ति वृद्दा अाखाबाट अाशु झार्दै थिईन । ऊनकि छाेरि भने कराउँदै थिईन हामी उति टाढाबाट अाकाे हिजाेपनि अाका थियाैँ । कति धाउने जसरि पनि यउटा वेड मिलाइदिनु ।

वार्डका नर्सहरू भने वेड खालि छैन भन्दै जान अाग्रह गर्दै थिए । रनिङमा रहेका डाक्टरले १ जना विरामिलाई डिस्चार्ज गरेपछि शैया खालि भयाे । उभिन नसकेकि बाटुलि अाफ्नी छाेरिलाई सकिनसकि छिटाे वेड अाेगट्न पठाइन ।
भनिन्छ विरामिकाे अाधा उपचार त डाक्टर र नर्सले गर्ने व्यवहारमा भर पर्छ । बाटुलि र केदार कुमारि मात्र हाेईन अस्पतालमा यस्ता कयाैं विमारि छन जाे अाधा उपचार नगराई घर फर्कन्छन ।

वार्डकि नर्स सुरक्षा पाैडेल भन्छिन हामीलाई प्रयाप्त शैया नहुदा विरामि व्यवस्थापन गर्न अत्यधिक गार्हाे भईरहेकाे छ । भर्ना हुन अाउने विमारिलाई पनि फर्काउनु परेकाे छ । विरामि कुरूवा शैया समेत प्रयाेग गरेर विरामिकाे उपचार गराउनुपरेकाेछ । त्यसमाथि डेङ्गुका विमारिकाे समेत चाप रहेकाे छ ।

अस्पतालकाे अाकस्मिक कक्षमा देखिएकाे दृष्यले झन सबैकाे मन चसक्क हुन्छ । अकस्मिक कक्षमा रहेकाे ८ वटा शैयामा करिव बिरामिकाे संख्या २० जना भन्दा वढि थिए । एउटै शैयामा कम्तिमा दुई देखि तीन जना बिरामिहरू सुताई उपचार गरिरहनु परेकाे बाध्यता रहेकाे छ ।
एउटा डाक्टरले ४५ जनासम्म विमारिकाे उपचार गर्ने भनिएकाे छ तर विगत ६/७ महिनादेखि एउटै डाक्टरले कम्तिमा १०० जना भन्दा वढि विमारिलाई हेर्नुपरेकाे अस्पताल विकास समितिले जनाएकाे छ ।

हेटौंडा अस्पतालमा केही महिनायता बिरामीको सँख्या बढेर दिनहुँ करिव ५०० देखि ७०० जनासम्म हुन्छन । दुई महिना यता डेंगुकाे प्रभाव, भाईरल ज्वराे अादिकम कारण विरामिकाे चाप बढेर भर्ना हुने वार्ड तथा आकस्मिक सेवाका शैयाको अभाव समेत बढ्दै गएको छ ।

करिव ३०० जना विरामिकाे मात्र उपचार गराउन सक्ने क्षमता रहेकाे छ तर विरामिकाे चापलाई हेरेर काम गर्नुपरेकाे छ । भन्नुहुन्छ हेटाैडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पाैडेल ।

७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाईलाईनमा वसेर उपचार गराउनु पर्दैन उनिहरूले विना लाईन अाफ्नाे उपचार गराउन पाउने अस्पतालकाे नितिभित्र पर्ने बताउदै उहाँ भन्नुहुन्छ अस्पतालबाट नभई अन्य विरामिहरूकै कारण जेष्ठनागरिकले दुख पाईरहेका छन ।

गत वर्षदेखि अस्पतालमा स्वास्थ्य विमाका कारण तथा
दुइ महिनाअघि हेटौंडामा डेंगु, स्क्रब टाइफस तथा मौसमी ज्वरोको कारण बिरामीको चाप बढ्दै गएको छ ।
अस्पतालले नयाँ निर्माणाधिन भवन तयार नभएसम्म अझै दश महिना सम्म अस्पतालकाे हालकाे समस्यालाई व्यवस्थापन गर्न कठिनाई हुने अध्यक्ष पाैडेलको भनाइ छ ।
व्यवस्थापन समिति अन्तर्गत ३५ जना र कर्मचारी अन्तर्गत ३४ जना गरेर अस्पतालमा ७४ जना कर्मचारि छन ।

बिशेषगरि बर्षायाम सुरूभएदेखि डेंगु र स्क्रबटाइफसका बिरामी बढेपछि शैया अभाव हुने समस्या बिकराल बन्दै गएको हो । अस्पतालमा बिरामीलाई शैया पाउन कठि हुने गरेको छ भने कर्मचारीलाइ शैया व्यवस्थापन गराउन कठिन बन्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*