मानव बेचबिखन तथा ओसारपसार विरुद्ध र्याली (फोटो फिचर)
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध शुक्रबार हेटौँडामा सचेतनामुलक र्याली निकालिएको छ ।
हेटौँडाको भुटनदेवी चौरबाट शुरु भएको र्याली सिमा चोक, बुद्धचोक, जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्कमा पुगेर टुंगिएको थियो ।
र्यालीमा प्रदेश तीन प्रमुख अनुराधा कोइराला, प्रदेश तीन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ, सांसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिकी उपप्रमुख भगवति पुडासैनी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।
र्यालीमा मानव बेचबिखन विरुद्धमा क्रियाशिल अभियन्ता, नागरिक समाज, सुरक्षाकर्मी, विद्यार्थी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।