कांग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरकाे गाउँपालिका स्तरीय भेला हुने

छहारी संवाददाता
भदौ १९, २०७६

नेपाली कांग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरले गाउँपालिकास्तरीय भेला तथा संगठन सुदृढिकरण गर्ने भएको छ ।

विभागले भदौ महिना भित्र मकवानपुरका ८ गाउँपालिकामा गाउँपालिकास्तरीय भेला तथा संगठन सुदृढिकरण गर्ने भएको हाे ।

विभागले मकवानपुरको पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा जिल्लाका सबै गाउपालिकामा गाउँपालिकास्तरीय भेला तथा संगठन सुदृढिकरण गर्न लागेको विभागका संयोजक भीमबहादुर भोम्जनले जानकारी दिनुभयो ।

जनजाती विभागले भदौ २२ गतेदेखि ३१ गतेसम्म क्रमश बाग्मती गाउँपालिका, बकैया, भीमफेदी, ईन्द्रशरोबर, मकवानपुरगढी, मनहरी, राक्सीराङ र कैलाश गाउँपालिकामा भेला तथा संगठन सुदृढिकरण गर्न लागेको हाे ।त्यस्तै दुई नगर र जिल्लाको भेला असोज दोश्रो सातासम्ममा सम्पन्न गर्ने तयारी रहेको भोम्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*