उपभोक्ता मंच मकवानपुरले गर्यो नव आगन्तुक प्रजिअ जोशीलाई स्वागत

छहारी संवाददाता
भदौ १९, २०७६

मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलाई उपभोक्ता मंच नेपाल मकवानपुरले आज स्वागत गरेको छ।

नव आगन्तुक  प्रमुख जिल्ला अधिकारी जोशीलाई आज हेटौंडामा एक परिचायत्मक कार्यक्रमको आयोजना गरि मंचले स्वागत गरेको हो । 

प्रमुख जिल्ला अधिकारी जोशीले नजिदै गरेको चाड पर्वलाई मध्य नजर गर्दै आफ्नो मकवानपुर बसाईमा मंच लगाएत सरोकारवाला संघ संस्थासंग सहकार्य गरेर अगाडी बढ्ने आस्वाशन दिनुभयो ।

कार्यक्रममा मंचका अध्यक्ष कुमार पौडेलले प्रमुख जिल्ला अधिकारी जोशीलाई मकवानपुर बसाइ सफल रहोस भन्दै शुभकामना दुनु भएको थियो । 

स्वागत कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपि मुकेश कुमार सिंह, सहायक प्रमुख जिल्ला अधिकारी, मंचका सल्लाहकार कोपिला जोशी, उपाध्यक्ष द्वय  कपिल अर्याल,कृष्ण अर्याल, सचिव नबराज कोइराला,सदस्य सुधिर दहाल लगाएतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*