सामाजिक विकासमन्त्री दुलालले गरे हेटौंडा अस्पतालमा छड्के चेक

छहारी संवाददाता
भदौ १९, २०७६

प्रदेश नम्बर ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले हेटौंडा अस्पतालको छड्के निरीक्षण गर्नु भएको छ । अस्पतालमा बिरामीले पाईरहेको स्वास्थ्य सेवा, परेका समस्या र अव गर्नुपर्ने कामका बिषयमा निरीक्षण गर्नुभएको हो । हिजो साँझ एक घण्टा सम्म अस्पतालको निरीक्षण गर्नुभएको हो । 

पहिलेको तुलनामा अस्पतालमा निकै सुधार आएको वताउँदै मन्त्री दुलालले भन्नुभयो–‘हेटौंडा अस्पताल अहिले प्रबिधि युक्त भएको छ । प्रबिधिका कारणले बिरामीको रिपोर्ट आफ्नै मोवाइलमा आउने देखिबाट स्वास्थ्य उपचारमा पनि सुधार भएको मैले पाएँ ।’

अस्पतालमा पुगेर मन्त्री दुलालले आकस्मीक कक्ष, ओपिडी सेवा, भर्ना भएका बिरामी, अप्रेसन कक्ष सबैतिर निरीक्षण गर्नुभयो । कम्प्युटर सिस्टमबाट टिकट काट्ने, बिरामीको ल्यावको रिपोर्ट आफैनै इमलेलमा आउने जस्ता सहजताले अस्पताल सुधार हुँदै आएको मन्त्री दुलालले बताउनुभयो । अहिले हरेक बिरामीका बेढमा अक्सीजनको पाइप पुगेकाले थप सहजता भएको छ ।

अस्पताल परिषर सरसफाई गर्ने काम गर्नुपर्ने वताउँदै उहाँले भन्नुभयो–‘सरसफाइमा अझै ध्यान छैन । त्यसैले यसमा सुधार गरेर अरु बिरामीको उपचार क्षेत्रमा भने निकै सुधार आएको छ । अझै थप काम गर्न बाँकी छ ।’ अनुगमनका क्रममा हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेल, हेटौंडा अस्पतालका प्रमुख डाक्र प्रबिण श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो । जनपत्र 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*