अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्याक्टर नियन्त्रणमा

छहारी संवाददाता
भदौ १७, २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी पोस्ट हरियाली मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा ८ स्थितमा चुरियामाई खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ल्याएको ना ५ त ६०९६, ना ६ त २९१४ र ना ६ त १४३५ नम्बरको ट्याक्टरलाई  नियन्त्रणमा लिएको हो ।

यस्तै स्थायी प्रहरी पोस्ट थानाभञ्याङबाट  खटिएको प्रहरी टोलीले हेटौडा ११ स्थित राप्ती खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ लोड गर्दै गरेको ना।५ त ४७१९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका ट्याक्टरलाईआवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति मकवानपुरमा बुझाईकोछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*