२० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने
संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको सैद्धान्तिक सहमतिको एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन् ।
अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गर्नु भएको हो । तर उहाँले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताउनुभयो ।
तालिबान समूहले हमलापछाडि आफ्नो हात रहेको जनाएको छ । सन २००१ मा अमेरिकाले अतिक्रमण गरेयताकै सबैभन्दा ठूलो भूभागमाथि अहिले तालिबानको नियन्त्रण छ । अमेरिकी कठपुतलीको रूपमा व्याख्या गर्दै आएको अफगान सरकारसँग वार्ता गर्न तालिबानले हालसम्म अस्वीकार गर्दै आएको छ ।