साग पुरुष फुटबलका लागि नेपालका ३२ खेलाडी छनोट 

छहारी संवाददाता
भदौ १६, २०७६

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ ।  

अखिल नेपाल फुटबल संघ एन्फाले आज प्रशिक्षणमा रहेका खेलाडीबाट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको हो । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ४५ खेलाडीबाट ३२ खेलाडी छनोट गरेको हो ।

सागको पुरुष फुटबलमा यू २३ उमेर समूहका खेलाडीले सहभागिता जनाउने छन् । जसमा ३ जना सिनियर खेलाडी राख्न पाउनेछन् । नेपालले भारतमा सम्पन्न १२ औं सागमा स्वर्ण जितेको थियो ।

मंसिर १५ बाट २४ सम्म आयोजना हुने सागको पुरुष फुटबल काठमाडौंमा हुनेछ । गोलकिपरमा किरण चेम्जोङ, अर्पण कार्की, दिप कार्की, देव लिम्बु, रोमन रसाईली रहेका छन् ।

डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, राम चन्द्र वाजी, रोहित चन्द, विकास खवास, अशिम भुजेल, मिक्चेन भुजेल, रोमन लिम्बु, छिरिङ गुरुङ रहेका छन् ।

मिडफिल्डरमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, एरिक बिष्ट, दिपेश आले मगर, तेज तामाङ रहेका छन् ।

फरवार्डमा नवयुग श्रेष्ठ, विमल घर्ति मगर, अभिषेक रिजाल, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन, राजेश परियार रहेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*