हावाहुरी पीडितलाई सेनाले यसै साता घर हस्तान्त्रण गर्ने
नेपाली सेनाले असिना पानी सहितको हावाहुरीबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित नागरिकका लागि निर्माण गरेको घर यसैसाता हस्तान्तरण गर्ने भएको छ ।
आवास निर्माण गरिएको क्षेत्रमा एक समारोहकाविच यसै महिनाको १८ गते बुधबार स्थानीयवासीलाई नवनिर्मित भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको हो ।
बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले आठ सय ६९ घर निर्माण गरेको सेनाका सहायक रथी एवम प्रवक्ता विज्ञानदेव भण्डारीले बताउनुभयो ।
गएको चैत १७ गते आएको उक्त हावाहुरीबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनमाल क्षति भएको थियो । सरकारले नेपाली सेनालाई क्षतिग्रस्त घरको पुनःनिर्माण गर्न चैत २१ गते निर्णय गरेको थियो ।
मूल्य अभिवृद्धिकरसहित प्रतिघर पाँच लाख ४६ हजार नौ ८५ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएपनि सबै रुपैयाँ खर्च नभएको सेनाले जनाएको छ । सीआईएन