यु-१५ पुरुष फुटबलमा नेपालको दोस्रो जित

छहारी संवाददाता
भदौ ११, २०७६

भारतमा जारी पाचौं संस्करणको साफ १५ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ ।

भारतको कल्याणीमा आज भएको खेलमा नेपालले बलियो टोली बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । र,नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ  । जितसँगै नेपालले शीर्ष दुईमा रहदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*