म स्वतन्त्र नागरीक भएर बाच्न चाहन्छुः भिम प्रसाद गौतम

छहारी संवाददाता
भदौ १०, २०७६

नेपाल कम्युष्टि पार्टी मकवानपुरको जिल्ला कमिटी सदस्य भिम प्रसाद गौतमले पार्टी त्यागेको घोषणा गर्नुभएको छ ।

आज हेटौडामा पत्रकार सम्मेलन गर्दै उहाँले व्यस्तताको कारण आफुले पार्टी परित्याग गरेको बताउनु भएको हो ।

नेपाल अटो इ रिक्सा व्यवसायी संघ हेटौडाका अध्यक्ष रहेका गौतमले आगामी दिनमा पार्टीले गरेको कुनै पनि गतिविधीमा गुण र दोषको जिम्मा नलिने गरी फार्टी त्यागेको बताउनुभयो ।

ऋणमा मासिक किस्ता तिर्ने गरि अटो लिएर चलाइरहेको भन्दै उहाँले सरकारले प्रतिबन्ध लगाएको पार्टी भनेर पटक पटक आफुलाइ अनुसन्धानमा बोलाउँदा समस्या भइरहेको बताउनुभयो ।

अनुसन्धानको लागि साउन १७ गते  पक्राउ परेका गौतमलाई प्रहरीले भदौ ८ गते १० हजार धरौटीमा तारेखमा रिहा गरेको थियो ।

प्रहरीलाई पार्टी छोडेको बताएपनि प्रमाण मागेको हुँदा पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको गौतमले बताउनु भएको छ । भदौ १० गते अर्थात आजदेखि आफु स्वतन्त्र नागरीक भएर बाच्ने गौतमको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*