तरूण दल मकवानपुरको तिज कार्यक्रममा उत्कृष्ट नृत्य गर्नेलाई माइली तिलरी पुरस्कार

छहारी संवाददाता
भदौ ९, २०७६

नेपाल तरूण दल मकवानपुरले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा तिज विशेष कार्यक्रम गर्ने भएको छ ।

हेटौडामा आज पत्रकार सम्मेलन गर्दै तरूण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले भदौं ११ गते पल्पसा सभाहलमा कार्यक्रम गरिने जानकारी दिनु भएको हो ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक अञ्जना उपाध्यायले बताउनुभयो ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमूख आतिथ्यतामा हुने तिज विशेष तथा दर खाने कार्यक्रममा चर्चित लोक गायक पशुपति शर्मा र गायिका टिका सानुले लोकदोहोरी तथा तीज गीतको विशेष प्रस्तुती दिनेछन् ।

साथै चर्चित हास्यकलाकार शिवशंकर रिजाल जोगिन्दरले हास्य प्रस्तुती दिने संयोजक उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने एक जनालाई सुनको माईली तिलरी, दोस्रो हुनेलाई सुनको चन्द्रमा, तेस्रो हुनेलाई औठी, चौथो हुनेलाई चाँदीको पाउजु र सान्त्वनालाई छल्ला पुरस्कार दिइने तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले जानकारी दिनुभयो ।

सुन चाँदि व्यवसायी संघले पुरस्कारको व्यवस्था गरेको छ ।

मौलिकताको संरक्षण गर्दै संस्कारलाई बढावा दिने उदेश्यले तिज विशेष कार्यक्रम गरी करिव २००० दिदीबहिलाई दर खुवाउन लागिएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । कार्यक्रममा करिब ८ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*