राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको ११ सदस्यीय नयाँ कार्यसमिति गठन
राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
आज हेटौडामा सम्पन्न अधिवेशनले कपिल खड्काको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समुहको उपाध्यक्षमा धर्मेन्द्र दाहाल, सचिव विजय पौडेल, सहसचिव उज्ज्वल अधिकारी र कोषाध्यक्षमा बलराम पुडासैनी चयन भएका छन् ।
समुहको सदस्यमा धिरज ढकाल, विक्रम कुमार बानियाँ, डिल बहादुर लामा, मिना श्रेष्ठ, सहनशिला ढकाल र सरला अधिकारी चयन भएका छन्।
यस्तै समुहको सल्लाहकारमा रामशरण दुलाल, ध्रुव अधिकारी र शिवकुमार काशी चयन हुनु भएको छ । अधिवेशनमा प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी मुकेश कुमार सिंह, नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय महासचिव प्रदिप राज वन्त, राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश तीनका अध्यक्ष नारायण सिलवाल, नेपाली कांग्रेस मकवानपुर हेटौंडा नगर सभापति आनन्दराम पराजुली, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी लगायत विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।