श्रृजनसिल महिला उद्यमी मेलामा करीब ३० लाख रुपैयाको कारोबार
हेटौडामा भएको श्रृजनसिल महिला उद्यमी मेला २०७६ मा ३० लाख रुपैया बराबरको कारोबार भएको आयोजकले छ ।
भदौ ५ गतेदेखि ८ गतेसम्म चलेको मेलामा ३० लाख रुपैया बराबरको कारोबार भएको महिला उद्यमी व्यवसायी संघ मकवानपुरकी अध्यक्ष शुसिला पाण्डेले जानकारी दिनुभएको हो ।
महिला उद्यमी व्यवसायी संघ मकवानपुर र महिला श्रृजनसिल केन्द्र काठमाडौंको संयुक्त आयोजनामा मेला भएको हो । मेलाको करीब ३० हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।
मेला संचालन गर्न ११ लाख रुपैया खर्च भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । हेटौडामा पहिलो पटक भएको महिला उद्यमी मेलामा तिज, दशै तथा तिहारलाई लक्षित गरि महिला आफैंले बनाएका सामग्रीहरु राखिएको थियो ।
मेलाको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश तीनका सांसदहरु, मुनु सिग्देल, जुनेलि श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्ण अग्रवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।