नेपाल ट्रेड युनियन काङ्ग्रेस बाराले दिदीबहिनीलाई दर खुवायो (फोटो फिचर)

छहारी संवाददाता
भदौ ८, २०७६

हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस बाराले दर खाने कार्यक्रम आयोजना गरेको छ ।

नेपाली काङ्ग्रेस बाराका सभापती जयचन्द्र चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका प्राय सबै संघसंस्थामा आबद्ध ८२ जना महिला दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी चौरसियाले तिजको अवसरमा सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभयो ।

दर खाने कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उपमेयर नजमा खातुन, महागढिमाइ नगरपालिकाकी उपमेयर तारा देवी कानु, नेपाल ट्रेड युनियन काङ्ग्रेस बाराका अध्यक्ष विश्वमणी शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रथम उपाध्यक्ष शंकर प्रसाद शाह कानु, दितिय उपाध्यक्ष रामआधार प्रसाद यादव, सचिव ध्रुव राय, कोषाध्यक्ष चन्द्रेश्वर प्रसाद यादव लगायत १९ जना पुरुषको सहभागिता रहेको थियो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस बाराका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुलाई टिका, चुरा र पोते वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*