गाउँमा भालुको आंतक बढ्यो

छहारी संवाददाता
भदौ ७, २०७६

मुगुको छायाँनाथ रारा नगरपालिकाको झ्यारी गाउँमा भालुले आंतक मच्चाउन थालेपछि स्थानीय बासीलाई समस्या भएको छ ।

रारा राष्ट्रिय निकुञ्जबाट निस्केको भालु निकुञ्ज आसपासका बस्तिमा छिर्न थालेपछि समस्या भएको हो । निकुञ्जका भालुले स्थानीयका पशु वस्तु मार्ने र  स्याउ बगैँचा लगायतका अन्नबाली र फलफुल खान थालेपछि स्थानीय चिन्तित भएका छन् ।

भालुले मानिसहरुलाई पनि आक्रमण गर्न सक्ने भएकाले स्थानीय  त्रसित भएका स्थानीय रत्न बहादुर रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भालु नियन्त्रण गर्न स्थानीयले रारा राष्ट्रिय निकुञ्ज कार्यालयलाई आग्रह गरेका छन् । भालुले  झ्यारी गाउँको तीनवटा गाई गोरु, दुईवटा घोडालाई मारेको स्थानीयले बताएका छन् । सिआइएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*