विषादी रहित तरकारीले बजार नपाएको किसानको गूनासो

छहारी संवाददाता
भदौ ७, २०७६

पर्वतको कुश्मामा विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारी विक्री नभएको किसानहरुले गुनासो गर्न थालेका छन् ।

विषादीको असरका बारेमा उपभोक्ताहरु जानकार नभएका कारण विषादी रहित तरकारीले बजार नपाएको किसानहरुले गूनासो गरेका हुन् । कुश्मा नगरपालिका ७ का अम्बिका शर्मा पौडेलले गाईको गहुँत र गोबर प्रयोग गरेर नै तरकारी फलाउँदै आउनुभएको छ ।

उहाँले तरकारीमा विषादी प्रयोग नगरेपनि उपभोक्ताहरु विषादीयुक्त र विषादी रहित तरकारीको बारेमा जानकार नहुँदा बजारमा भने उत्पादन विक्री नभएको उहाँको भनाई छ ।

विषादीको प्रयोग नगरेको तरकारी बाँगो टिंगो, पुष्ट नभएको र आकर्षक नदेखिने भएकाले उपभोक्ताहरु  खरिद गर्न नमानेको किसानहरु बताउँछन् ।

व्यवसायिक तरकारी उत्पादन गर्दै आएका किसानहरु बिचौलियाले स्थानीय उत्पादन भन्दा भारतीय  तरकारी विक्री गर्न बढि जोड दिने गरेको र आफ्नो उत्पादन विक्रि नभएको गूनासो गर्छन् ।

विषादीयुक्त तरकारीले स्वास्थ्यमा पु¥याउने हानी नोक्सानीका बारेमा जानकारी नहुँदा किसानहरु महंगो मूल्यमा हानीकारक बिषादीयुक्त तरकारी खाईरहेका छन् । सिआइएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*