चौथो पाथिभरा गोल्डकप फुटबलको उपाधि सुनसरीको कब्जामा

छहारी संवाददाता
भदौ ७, २०७६

ताप्लेजुङमा सम्पन्न चौथो पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि इलेभेन एरोज क्लव दुहवी सुनसरीले जितेको छ ।

साविक विजेता रेडस्टार फुटबल क्लव झापालाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सुनसरीले उपाधि हात पारेको हो ।

विजेता सुनसरीले नगद ३ लाख ११ हजार सहित कप, ट्रफि प्राप्त गरेको छ भने झापाले १ लाख ५१ हजारमा चित्त वुझाएको छ ।

बिजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले पुरस्कार प्रदान गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*