नेपाल साफ अण्डर फिफ्टीन पुरुष फुटबल जित्ने योजनामा

साफ अण्डर फिफ्टीन पुरुष फुटबल भोलीबाट भारतमा हुँदै
छहारी संवाददाता
भदौ ४, २०७६

पाँचौं संस्करणको साफ अण्डर १५ (फिफ्टीन) पुरुष फुटबल च्याम्पियनसिप भोलीबाट भारतमा सुरु हुँदैछ।

भारतको कल्याणीमा हुने च्याम्पियनसिपमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताका लागि नेपाली टिम हिजो नै भारत गैसकेको छ ।

प्रतियोगित अघि नेपालले आज  अन्तिम तयारी स्वरुप कल्याणी रंगशालामा अभ्यास गरेको छ ।

नेपालले हालसम्म १५ वर्ष मुनिको च्यान्पियन सिप जित्न नसकेको पाँचौ संस्करणमा भने नेपाल उपाधि चित्ने  योजनामा रहेको छ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

नेपालले बुधबार भारतको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*