सेन्ट्रल जोन सिनियर पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
आज भएको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाललाई किर्गिस्तानले २५–२३, २५–२२ र २५–२२ को सेटमा पराजित ग¥यो ।
जितसँगै समूह ए को किर्गिस्तानले २ अंक जोडेको छ । र, किर्गिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । किर्गिस्तानले अब मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
हारसँगै नेपाललाई सेमिफाइनलमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।