बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जनाको मृत्यु

छहारी संवाददाता
भदौ २, २०७६

भारतको महाराष्ट्रमा गएराति बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

३५ जना भन्दा बढी घाइते भएका छन् । महाराष्ट्र राज्यले सञ्चालन गरेको बस औरङ्गावादबाट शहादा जाँदै गर्दा ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको धुले जिल्लामा नीमगुल गाउँ नजिक दुर्घटना भएको हो ।

बसका चालकको घटनास्थलमा नै ज्यान गएको छ । बसमा कति जना सवार थिए भन्ने बारेमा थाहा भैसकेको छैन । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले आशंका गरेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*