के स्मार्टफोनले वास्तवमै हाम्रो मस्तिष्क ह्याक गर्छ ?
स्मार्टफोन आधुनिक प्रविधिको मास्टरपिसहरु हुन् । जसले आज हामीलाई एकोहोरो बनाइरहेको छ । आज हामीसँग स्मार्टफोनहरू छन्, भोलि हामीसँग मान्छे भन्दा कयौं गुना चलाख फोनहरू होलान् । तर हामीले यी टेक्नोलोजीहरू द्वारा हामीलाई कब्जामा लिन दिनु हुँदैन।
हामीले सोचेको थियौं ? भबिष्यमा एक फोनबाट अर्को फोनमा फाईलहरु सेयर गर्नेछौं, बिना कुनै तारको मद्दतले फोन चार्ज गर्नेछौं, वायरलेस इयरफोन हुनेछ अनि ढुंगे युग बाट सेल्फि युग सम्म आईपुग्नेछौं ?
हाम्रो पारम्परिक मोबाइल फोन अब 'स्मार्टफ़ोन' भएको छ। मन्छे बाहेक अरू सबै चीजहरू स्मार्ट भएका छन। स्टीव जॉब्सले एकपल्ट भनेका थिए –'स्मार्टफ़ोन वास्तवमै अलग छ।'
हो, तिनिहरु धेरै राम्रो कारणले अलग छन, तर तिनिहरुले बारम्बार हामीलाई चिढ़ाईरहन्छन। जब हामी काम गरिरहेकाहुन्छौ, उनीहरूले हामीलाई बाधा पुर्याईरहेका हुन्छन। उनीहरू हाम्रो ध्यानको प्रतिक्षामा हुन्छन अनि हामिलाई आफुप्रति आकर्सित गरीरहेका हुन्छन। नचाहदा नचाहदै हामी हाम्रो उपकरणको आदी भैसकेका छौँ ।
यी सबै प्राविधिक परिवर्तनहरू आफैं उत्पति भएका भने होईनन, तिनीहरू कैयौं ईन्जिनियरहरुका अध्ययन अनि अनुसन्धानबाट डिजाइन गरिएका हुन। त्यस्ता स्मार्टफोनहरू बनाउने कम्पनीहरूले हाम्रो मस्तिष्कमा उनीहरूको उत्पादनको न्यूरोलजिक प्रभावहरूको बारेमा निकै अध्यन गरिरहेकाछन्।
आजको समयमा स्मार्टफोन बनाउने कम्पनी मात्र नभई एप्स बनाउने कम्पनीहरुले पनि आफ्ना उत्पदनहरुमा यस्ता फिचरहरु समावेस गरिरहेका छन जस्का कारणले हामीलाई आफ्ना उपकरणहरुमा सकेसम्म धेरै समय र ध्यान खर्च गर्न बध्य बनाउछ।
हामीले हाम्रो उपकरणहरूमा खर्च गर्ने समयको मात्रा अधिकतम बनाउन, ती कम्पनीहरूका डेभलोपर र डिजाइनरहरूले हाम्रो मस्तिष्क रसायनलाई एक तरिकामा हेरफेर गर्दछन् जसले नशाको लतको व्यवहारलाई ट्रिगर गर्दछ र यी प्रविधिहरूमा एक मस्तिष्क रसायन समावेश हुन्छ जस्लाई 'डोपामाइन' भनिन्छ। डोपामाइन एक न्यूरोट्रान्समिटर हो, जो मस्तिष्क र शरीरका विभिन्न स्नायु कोषहरू बीच सन्देश पठाउने जिम्मेवार एक रसायन हो।
डोपामाइनलाई शरीरको reward activator को रूपमा पनि चिनिन्छ, हाम्रो मस्तिष्कको pleasure center लाई नियन्त्रण गर्दै हामीलाई thrill-seeking गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गर्दछ।
डोपामाइनले हामीलाई उत्साहित बनाउँछ र हामिलाई उत्साह मन पर्छ। कुनै पनि अनुभव जसले डोपामाइनको रिलीजलाई ट्रिगर गर्दछ, त्यो चिज हामी फेरि फेरि अनुभव गर्न चाहन्छौं ।
उदाहरणको रुपमा रक्सी, चुरोट जस्ता कुराले मन्छेको शरिरमा डोपामाइनको सिर्जना गर्छ जस्ले गर्दा मन्छेलाई आनन्दको महसुस हुन्छ र उ फेरि फेरि त्यस्ता चिजको सेवन गर्छ।
यदि हाम्रो मस्तिष्कले थाहा पायो कि बारम्बार आफ्नो फोन हेर्नाले हामिलाई उत्साहीत बनाउछ, हाम्रो मस्तिष्कले डोपामाइन रिलीज गर्न धेरै समय लगाउदैन। यस कारणले, अरू कसैले उनीहरूको फोन चेक गरेको देख्दा हामीलाई पनि हाम्रो फोन चेक गर्न इच्छुक बनाउछ।
त्यस्तै जब हामी फेसबुक वा अन्य कुनै सोसल मिडियाहरुमा फोटो, भिडियो वा स्टाटस राख्छौ, हाम्रो ध्यान तेस्ले तानी राखेको हुन्छ। हाम्रो काम प्रती ध्यान जादैन र बारम्बार फोन चेक गर्न बाध्य बनाउछ। लाईक, कमेन्टहरुले हामीलाई उत्साहित बनाउछ।
हामी बुझ्दैनौं कि टेक्नोलोजी डिजाइनरहरूले जानाजानी हाम्रो डोपामाइन प्रतिक्रियाहरूमा हेरफेर गरिरहेका छन, ताकि उनीहरूको उत्पादनलाई प्रयोग गर्नबाट रोक्न हामीलाई गाह्रो होस ।
यदि हामी बोर महसुस गरिरहेछौं भने हामी आफ्ना इमेलहरू चेक गर्छौं, यदि त्यहाँ केहि नयाँ छैन भने हामी सोशल मिडिया चेक गर्छौं र यसबाट पनि असन्तुष्ट भयौं भने, हामी बिभिन्न अरु सोशल मिडिया एकाउन्टहरु चेक गर्छौं र यो प्रक्रिया चलिरहन्छ ।
विभिन्न किसिमका एपहरुले हामीलाई यसरी घेरी सकेका छन कि दुई पटक एउटै एप प्रयोग नगरीकन पनि हामी हाम्रा फोनमा घण्टौ खर्च गर्न सक्छौ ।
तर दुर्भाग्य यो हो कि हामीले कहिले सोचेनौ कि, आईफोन र अन्य मोबाइल फोन निर्माणकर्ताहरू किन हरेक बर्ष नयाँ फिचरका साथ नयाँ स्मार्टफोनहरू लिएर आउँदछन, हामी कहिले सोच्यौ ? किन फेसबुकले वा अन्य सोसल मिडिया एपहरुले समय–समयमा यति धेरै फिचरहरु किन ल्याउछन् र?
किन हाम्रो फोनेका सबै एपहरुमा नियमित अपडेटहरू भैराखछन् ? उत्तर सरल छ – तिनीहरू हाम्रो ध्यान गुमाउन चाहँदैनन् र हामीले उनिहरुका फोन र एपहरूमा बिताएको समय कम गर्न चाहदैनन्।
संसारमा सबै चीजको सकरात्मक–नकारात्मक पक्ष हुन्छ र स्मार्टफोन पनि यसबाट अछुत छैन। यो लेखेर म यो भन्न चाहन्न कि स्मार्टफोनले हाम्रो जीवन बर्बाद गर्दैछ। तिनीहरू आधुनिक प्रविधिको मास्टरपिसहरु हुन्।
टेक्नोलोजीहरू आउँछन् र जान्छन्, आज हामीसँग स्मार्टफोनहरू छन्, कसलाई थाहा छ, भोलि हामीसँग फोनहरू हुन सक्छन् जुन मान्छे भन्दा कयौं गुना चलाख होलान् । तर हामीले यी टेक्नोलोजीहरू द्वारा हामीलाई कब्जामा लिन दिनु हुँदैन।
हरेक कुराको उपभोग सीमित मात्रामा हाम्रो लागि राम्रो हुनछ । यदि हामीले यी उपकरणहरूमा खर्च गर्न समयमा नियन्त्रण गरेर्नौं भने त्यो दिन टाढा छैन जब हामी यो समाचार पनि सुन्नेछौं "मानिस स्मार्टफोनको गुलाम भैसकेका छन् "।
(लेखक-सौजन्य तिमलसेना भारतको लक्ष्मीनगर नयाँदिल्लीमा सिए पढ्दैहुनुहुन्छ । तिमलसेनाको मोटिभेसन र सामाजिक विषयमा दख्खल छ । )