आज मेघ गर्जन सहितको वर्षा हुने

छहारी संवाददाता
साउन ३२, २०७६

आज देशभर मौसम बदली रहने भएको छ ।

आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य पहाडी भू भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमि पहाडी भू भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहनुको साथै भारतको उत्तर पूर्वी राजस्थान तथा हरियानातिर निम्न चापिय प्रणाली (Well Marked Low) अवस्थित रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*