पिल्स चक्किको अभाबले महिलाहरू मर्कामा

छहारी संवाददाता
साउन ३१, २०७६

लगातार ७ बर्षदेखि गर्भ निरोधक औषधि प्रयोग गर्दै आएकी मुयाँ रेग्मि (नाम परिवर्तन) विगत ६/७ महिनादेखि पिल्स चक्कि प्रयोग गर्न नपाउँदा फेरि गर्भ रहन्छकि भन्ने चिन्तामा छिन ।

पिल्स चक्कि प्रयोग गर्न नपाउँदा दुई महिना अघि मात्र उनले गर्भपतन गर्ने औषधि प्रयोग गर्नुपरेको पीडा सुनाउछिन ।

बर्सेनि ४ सन्तान जन्मायकी शर्मिला तिम्सिनाको व्यथा पनि उस्तै छ । पिल्स चक्कि प्रयोग गरेको १० बर्ष भयो अहिले आयर यस्को अभाव यक्कासि हुँदा हेटौँडा बजारबाट नै एकैपटक २र३ महिनालाई पुग्ने ल्याएकि छु उनी भन्छिन ।

उनीहरू मात्र नभइ मनहरि गापा बसन्तपुर सामुदायीक स्वास्थ्य इकाइबाट औषधी लिने ३० देखि ३५ जना महिला यो औषधी लिनबाट बन्चीत भएका हुन पुगेका छन ।

बिगत ६ महिना देखि औषधी अभाब देखिएको बसन्तपुर सामुदायीक स्वास्थ्य इकाइका अहेब मनोज बिष्टले बताउनु भयो । उहाँ भन्नुहुन्छ – 'यस सम्बन्धमा माथिल्लो निकायसंग कुरा भइरहेपनि महिलाहरूले गर्भ निरोधक चक्किको रूपमा दिनहूँ प्रयोग गर्ने पिल्स चक्किको अभाव समाधान हुन सकेको छैन ।'

नागरिक समाज सन्जाल मकवानपुरले गरेको अनुगमनका क्रममा मनहरी गाँउपालिकामा रहेका स्वास्थ्य इकाइहरुमा महिलाहरुले प्रयोग गर्ने गर्भ निरोधक चक्की पिल्सको अभाब भएको भेटिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*