विप्लव समुहका दुई युवा हतियार, विष्फोटक पदार्थसहित पक्राउ

छहारी संवाददाता
साउन २४, २०७६

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिवन्धित सामाग्रीसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । 

 

भीरकोट नगरपालिका ९ का शिव दर्लामी र मोहन सिंजालीलाई पक्राउ गरेको हो । उनीहरुबाट एक थान एयरगन, बम जस्तो देखिने आईडि ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लप समुहको विभिन्न दस्तावेदहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिकामा शंकास्पद गतिविधिमा गरेको आशंका प्रहरीले खानतलासी गर्दा प्रतिवन्धित विप्लव समुहको नेपाल कम्युनिष्ट पाटीको दस्तावेज फेला परेपछि उनीहरुलाई अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा दर्लामीको दुईतले घरको गोठमा लुकाई राखेको हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले बताए । उनीहरुबाट विभिन्न व्याक्तिलाई धम्काएर ५० लाख चन्दा मागेको १८ थान लेटर प्याड समेत फेला परेको प्रहरी प्रमुख लम्सालले बताए ।

विप्लप समुहका दस्तावेज फेला परेकाले विप्लव समुहकै कार्यकर्ता भएको प्रहरीले अनुमान गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  तीन दिन अगाडी भीरकोट नगरपालिकाकै दुई जनाले विप्लव नेतृत्वको माओवादी पार्टी परित्याग गर्दै प्रेस विज्ञप्ती निकालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*