पहिचान सहितकाे प्रदेशकाे नाम राख्ने प्रतिवद्दता : प्रेम बहादुर पुलामि

छहारी संवाददाता
साउन २४, २०७६

२५ अाै विश्व अादिबासि दिवसकाे अवसरमा भएकाे कार्यक्रममा ३ नं प्रदेश सांसद प्रेम बहादुर पुलामिले पहिचान सहितकाे प्रदेशकाे नाम राख्ने प्रतिवद्दता
व्यक्त गर्नु भएकाे छ ।

उहाँले अाज अादिबासि जनजाति महासंघ ३नं प्रदेश र अादिवासि जनजाति महासंघ मकवानपुरकाे संयुक्त अायाेजनामा अादिवासि जनजाति सशक्तिकरणकाे अवस्था विषयक प्रशिक्षण कार्यक्रम बाेल्नुहँदै यस्ताे प्रतिबद्दता गर्नुभएकाे हाे ।

कार्यक्रममा सत्ताले पछाडि पारिएकाे वर्ग अादिवासि जनजाति वर्गकाे उत्थानका लागि सदा क्रियाशिल रहने बताउदै पुलामीले देशकाे ३७% हिस्सा अाेगटेकाे अादिवासि जनजातिले एकता र अान्दाेलन (दवाव) लाई शसक्त बनाउनुपर्ने, अादिबासि जनजातिले अाफुलाई कमजाेर सम्झन नहुने लगायतका धारणा व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम अादिबासि जनजाति महासंघ ३ नं प्रदेशका अध्यक्ष काजिमान थिङकाे सभापतित्व तथा ३ नं प्रदेशका सभासद प्रेमवहादुर पुलामि काे प्रमुख अातिथ्यता तथा ३ नं प्रदेश सभासद सन्त बहादुर प्रजाकाे विशेष अातिथ्यतामा भयकाे थियाे ।

त्यसैगरि नेपाल अादिबासि जनजाति पत्रकार महासंघ मकवानपुरकाे अायाेजनामा संवैधानिक व्यवस्था र मिडियामा समावेशि व्यवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा अधिबक्ता तथा संचारकर्मी वालकृष्ण अधिकारिले संवैधानिक व्यवस्था र मिडियामा समावेशि व्यवस्था भयका विषयमा प्रस्तुति दिनुभयकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*