टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको सानदार जित
आईसीसी टी– ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले सानदार जित हासिल गरेको छ ।
मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको हो । मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपाल उपाधि होडमा फर्किएको छ ।
वर्षाका कारण खेल ९ ओभरमा झारिएको थियो ।
नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले गरेको थिए । यी दुईले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । जुन टी– ट्वान्टीमा नेपाली ब्याट्सम्यानले गरेको अहिलेसम्मकै सर्बाधिक साझेदारीको कीर्तिमान हो ।
ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए भने को कीर्तिमानी पारी खेले प्रदीपले १४ बलमा १२ रन बनाए । विनोद भण्डारीले ८ बलमा १ छक्कासहित अविजित १३ रन बनाए । दीपेन्द्र ऐरीले २ रन बनाएर आउट भए । शरद भेषावकर ३ रनमा अविजित रहे ।
यसअघि सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो ।
नेपाली फाष्ट बलर सोमपाल कामीले मलेसियाका दुवै ओपनरलाई पहिलो ओभरमै आउट गरेका थिए ।