प्रधानमन्त्रीले नै वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेका छन्ः शाह
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचारलाई प्रधानमन्त्री केपी ओलीले लुकाउन खोजेको आरोप लगाउनु भएको छ ।
रिपोर्टर्स क्लब प्रदेश पाँचले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले प्रधानमन्त्रीको दबाबलाई थेग्न नसकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्धा चलाउन ढिलाइ गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वाइडबडी खरिद प्रकरणलाई लुकाउन खोज्दै हुनुहुन्छ अख्तियारले त्यसलाई सहयोग गरिरहेको छु, सभापति शाहले भन्नुभयो ।
ुलेखा समितिले भ्रष्टाचार ठहर गरेपछि प्रक्रिया अगाडि बढाउने वैधानिक निकाय भनेकै अख्तियार हो तर उसले पनि मुद्धा चलाउन ढिलाई गरिरहनु रहस्यको विषय होु, सभापति शाहले बताउनु भयो ।
तत्कालीन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी राम्रो मान्छे हुनुहुन्थ्यो उहाँले भष्ट्राचार गर्नुभएको थिएनु भनेर प्रधानमन्त्री ओलीले प्रष्टीकरण दिनु संसदीय मूल्य र मान्यताविपरीत रहेको शाहले बताउनुभयो । उज्यालो अनलाइनबाट