जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

छहारी संवाददाता
साउन ५, २०७६

बारामा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ परेका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाबाट जबरजस्ती करणीको आरोपमा प्रहरीले ३१ वर्षका हिरामान मोक्तानलाई पक्राउ गरेको हो ।

उपमहानगरपालिका १६ टाङियावस्तिका ११ वर्षकी बालीकालाई जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेपछि मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बेलुका आरोपित मोक्तानले बालिकालाई घरमै लगेर जबरजस्तीकरणी गरेको पीडितका आमाले बताउनुभएको छ ।

मोक्तानले पीडित बालिकामाथि पटक–पटक करणी गर्दै आएको पीडित बालिकाले बताएकी छिन् । मोक्तानलाई ईलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरि घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*