कांग्रेस आईकी नेतृ शिला दीक्षितको राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने
भारतीय कांग्रेस आई की नेतृ शिला दीक्षितको ८१ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ ।
तीन पटक सम्म दिल्लीको मुख्यमन्त्री बनेका उनको कांग्रेसको सबैभन्दा पुरानो र वृद्ध नेतृ थिइन । लामो समयदेखि बिरामी रहेका उनलाई आज बिहान मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।
दिल्लीको सिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारको क्रममा उनको आज निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दीक्षितको भोली राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिनेछ ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, सोनिया गान्धी सहित विभिन्न राजनीतिक दलका नेताले शोक व्यक्त गरेका छन् ।