पहिलो टी–२० क्रिकेटमा नेपालद्धारा मलेसिया ७ विकेटले पराजित

छहारी संवाददाता
असार २९, २०७६

पहिलो टी–२० मा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । यससँगै दुई म्याचको सिरिजमा नेपाल १–० ले अगाडि रहेको छ ।

किनरारा ओभलमा मलेसियाले प्रस्तुत गरेको एक सय २९ रनको लक्ष्य नेपालले नौ बल बाँकी छँदा तीन विकेट गुमाएर भेट्टाएको हो ।

पारस खड्का र प्रदिप ऐरी ओपनिङमा आएका थिए तर, प्रदिप सस्तैमा आउट हुनुभयो । ज्ञानेन्द्र मल्ल साथ र रोहितकुमार पौडेल मात्र पाँच रनमा आउट भए तर कप्तान खड्काले कप्तानी इनिङ खेल्नुभयो ।

उहाँले मात्र ५० बलमा आठ चौका र पाँच छक्काको मदतमा अविजित ८६ रन बनाउनुभयो । चौथो विकेटका लागि उहाँले शरद भेषावकरसँग ६१ रनको साझेदारी गर्नुभयो ।

शरद भेषावकर १६ रनमा अविजित रहनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा नौ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।

उसका भिरनदिप सिंहले ५७ रन बनाउनुभयो भने अहमेद फैजले ४५ रन जोड्नुभयो । दुबैले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । अरु ब्याट्सम्यान चल्न सकेनन् ।

उसका पाँच ब्याट्सक्यान त शुन्यमै आउट भएका थिए । मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिनुभयो भने सन्दीप लामिछाने र बसन्त रेग्मीले दुइ–दुइ र समेपाल कामीले एक विकेट आफ्नो नाममा लेखाउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*