चार दिनदेखिको अविरल बर्षाका कारण जनकपुरको जनजीवन अस्तव्यस्त (फोटो फिचर)
धिरेश दत्त, जनकपुरधाम
आज चौथो दिन पनि लगातार बर्षा भइरहँदा जनकपुरका बासिन्दाहरुको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
घर घरमा पानी पस्नुको साथै व्यबसायीहरुको कारोबार पुर्ण रुपले ठप्प हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जनकपुरको पुर्बपट्टी रहेको जलाद नदीको जलस्तर बढनाले त्यस आसपासका वासिन्दाहरुलाई निकै सास्ती भइरहेको छ ।
घरहरु डुबानमा पर्नुको साथै कयौं घरहरुमा बाढी पसेको छ । अहिले सम्म कुनै उद्धारकर्मीहरु न पुगेको ऊनीहरुको गुनासो रहेको छ ।
यसैबीच निजी विद्यालयहरुले लिइरहेको प्रथम त्रैमासिक परिक्षा स्थगित भएको छ ।
बर्षाकै कारण परिक्षा हाललाई स्थगित गर्ने निर्णय गरेको एन प्याब्सनका पुर्ब अध्यक्ष ब्रजेन्द्र मिश्राले बताउनु भयो । तर, कतिपय विद्यालयले यस्ते विपदको बेलमा पनि परिक्षा लिरहेको भन्दै उहाँले आपत्ती जनाउनु भएको छ ।
एता बर्षाकै कारण तरकारीको मुल्य आकासिएको छ । तरकारी किन्न नसकिने गरी मुल्य बृद्धि भएको सर्वसाधारणले गुनासो गरेका छन् ।
वर्षाका कारण आज जनकपुरबाट चल्ने सवारीसाधनहरु पनि पुर्णरुपमा ठप्प रहेको जनकपुरबाट पत्रकार धिरेश दत्तले जानकारी दिनुभएको छ ।