लगातारको वर्षाले जनकपुर जलमग्न, जनजीवन कष्टकर (फोटो फिचर)

छहारी संवाददाता
असार २७, २०७६

धिरेश दत्त, जनकपुरधाम

तीनदिन देखि लागातार परेको वर्षाका कारण जनकपुरको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

अहिले जनकपुर पुरै जलमग्न बनेको छ । घर घरमा पानी पस्नुको साथै जनकपुरको मुख्य सडक तथा नदीनालामा पानी भरिएको छ ।

व्यवसायीहरु आज बिहानै देखि आ–आफ्ना पसलबाट पानी निकाल्न व्यस्त छन् यद्यपी वर्षा नरोकिएका कारण पसल खोल्न समेत समस्या भएको छ ।

पानीको निकास नहुँदा जनकपुरका चोक चोक पुरै जलमग्न छन् । जसका कारण सर्वसाधारणलाई हिड्डुल गर्न समेत समस्या भएको छ ।

जनकपुरको कदम चोक, भानु चोक, मिल्स एरिया, थापा चोक,, रामानन्द चोक, क्याम्पस चौक लगायतका स्थान जलमग्न छन् ।

बर्ष भरी नहुने काम अषाढ महिनामा गर्ने परिपाटी कारण जनकपुर जलमग्न भएको र समस्या समाधानमा सम्बन्धित निकायले पनि चासो नदिएको स्थानियको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*