स्थानीय तहको शब्दचित्र समेटिएको मकवानपुर नामक पुस्तक सार्वजनिक
जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहको शब्दचित्र समेटिएको मकवानपुर नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय बैठक एबं पुस्तक सार्बजनिक कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेलले पुस्तक सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा वक्ताहरुले पुस्तक परिस्कृत र उपयोगी रहेको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले पुस्तकमा जिल्लाका १० वटै स्थानीय तहको गतिविधि समेटिएको भन्दै पुस्तकको चर्चा गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालको अध्यक्षता तथा मुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, ओम घलान, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटा, प्रदेशका प्रमुख सचिव आनन्दरराज ढकाल, समिति उपप्रमुख भगवती पुडासैनी, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ लगायतको आतिथ्यता थियो ।