यूरोपेली आयोगमा पहिलो पटक महिला उम्मेदवार

छहारी संवाददाता
असार १८, २०७६

यूरोपेली आयोगको प्रमुख पदका लागि पहिलो एक पटक महिला उम्मेदावारको नाम प्रस्ताव गरिएको छ ।

हाल जीन क्लाउडे जंकर रहेको सो पदका लागि जर्मनीका रक्षामन्त्री समेत रहनुभएका उर्सुला भोन डर लीयनको नाम प्रस्ताव गरिएको हो ।

लिएनलाई जर्मन चान्सलर एन्गेला मर्केलको साथ रहेको  छ ।

ईयूका नेताहरुबीच आयोग प्रमुख, युरोपेली परिषद् प्रमुख, विदेश नीति प्रमुख लगायत ईयूका ५ विशिष्ट पदका लागि उम्मेदवार चयन गर्ने काम चलिरहेको छ ।

यूरोपेली आयोगका लागि लियन एक कुशल उम्मेदवार रहेको भन्दै फ्रान्सेली राष्ट्रपति ईमानुएल म्याक्रोंले पनि समर्थन गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*