अपडेटः राक्सिराङमा बिशालु च्याउ खाँदा गुञ्जमायाको मृत्यु, ३ जना बेहोस

छहारी संवाददाता
असार १३, २०७६

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ७ दाराङमा बिशालु च्याउ खाँदा एक किशोरीको ज्यान गएको छ ।

विषालु च्याउ पकाएर खाँदा स्थानिय १३ वर्षकी गुञ्जमाया चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

च्याउ खाएर बेहोस हुनेमा मृतक गुञ्जमायाका बुबा ४५ बर्षीय दिपबहादुर चेपाङ, दाई १९ बर्षीय बच्चालाल र भाई ७ बर्षीय पल्टा चेपाङ रहेका छन् ।

उनिहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारको लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*