अमेरिकाको बन्दी केन्द्रबाट झन्डै २५० आप्रवासी बालबालिका सारिए
अमेरिकाको टेक्ससस्थित सिमाना नजिकको एउटा बन्दी केन्द्रबाट झन्डै २५० आप्रवासी बालबालिकाहरू अन्यत्र सारिएका छन ।
त्यहाँ पुगेका कानुन व्यवसायीहरूले बन्दीगृहमा खाना र औषधी अभाव लगायत त्यहाँको कमजोर एवम् भद्रगोलको अवस्थाबारे बोलेका थिए ।
न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई अनुगमनको पहुँच दिएपछि बालबालिकाहरूलाई निकै कम ध्यान दिइएको उजागर भएको हो।
त्यस्तो नाजुक अवस्थामा बालबालिकाहरूलाई त्यहाँ थुप्रै साता राखिएको थियो।