विभिन्न सहयोगीहरुबाट संकलित ८२ हजार नगद मृगौला पीडित महिलालाइ हस्तान्तरण
हेटौंडाका युवा व्यवसायी तथा समाजसेवी विकेश लाल श्रेष्ठले मृगौला पीडित महिलालाई विभिन्न सहयोगी हातहरुबाट संकलित ८२ हजार नगद सहयोग गर्नु भएको छ ।
हेटौंडा १ मेनरोड का युवा व्यवसायी श्रेष्ठले मृगौला पीडित हेटौडा १ की ५६ बर्षीया राधिका ठकुरीलाई ८२ हजार नगद सहयोग हस्तन्तरण गर्नु भएको हो ।
ठकुरीको जीवन बचाउनका लागि आर्थिक संकलन गर्ने अभियान चलाएर विभिन्न सहयोगी हातहरुसंग आर्थिक रकम संकलन गरी ठकुरीका श्रीमान चुर्ण विक्रम ठकुरीलाई हस्तानतरण गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
विगत केहि महिना देखि एउटा मृगौलाले काम गर्न छोडेको र दाया खुट्टा काटनु पर्ने भएकाले विर अस्पतालमा उपचारको क्रममा रहेकी ठकुरीको उपचारमा सहयोग होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले यस्तो कार्यलाई निरन्तरता दिइने भन्दै ठकुरी बचाउ अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।