नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोटको तयारी पुनः सुरु गर्यो
नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोटको तयारी पुनः सुरु गरेको छ ।
पछिल्लो समय लगातार तयारी गर्दै आएको फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक योहान कालिन देश बाहिर रहेकाले सहायक प्रशिक्षक किरण श्रेष्ठ लगायतको टिमले नेपाली टिमलाई प्रशिक्षण दिएको छ ।
सहायक प्रशिक्षक श्रेष्ठले मुख्य प्रशिक्षक कालिनको निर्देशन र सल्लाहा अनुसारनै खेलाडीको अभ्यास सत्र अघि बढेको बताउनुभयो ।
करिब तीन हप्ता अघि चाईनिज ताईपेसंगको मैत्रीपुर्ण खेलपछि मुख्य प्रशिक्षक कालिन स्वदेश फर्किनु भएको थियो । उहाँ जुलाई ६ मा मात्र नेपाल आउनुहुनेछ ।
प्रारम्भिक चरणमा ३४ खेलाडीलाई राष्ट्रिय टिमको नियमित अभ्यासमा बोलाईएको छ । जसमा चार नयाँ अनुहार रहेका छन् । नयाँ अनुहारमा संजोक राई, अमित तामाङ, बिमल पाण्डे र त्रीदेभ गुरुङ छन् ।