खाद्य अधिकार बिषयक अन्तरक्रिया
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को प्रवद्र्धनमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया हेटौंडामा भएको छ ।
कार्यक्रम फियान नेपाल, तीन नम्बर प्रदेश सभा अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रम प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति रमा आले मगरको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा फियान नेपालकी उपाध्यक्ष योगीता राई र केश यूनिट संयोजक तिलक अधिकारीले ऐन र खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुता सैद्धान्तिक अवधारणा लगायतका बिषयमा प्रस्तुती गरेका थिए ।
प्रदेश ३ का सांसदहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल, सांसदहरु रमेश पौड्याल, लक्ष्मण लम्साल, सीता लामा, रामलाल महतो लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।