मकवानपुरका सौन्दर्यकर्मीको शिप र क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण
मकवानपुरका सौन्दर्यकर्मीहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल९नाबुन०प्रदेश ३ तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौडा उपमहानगरपालिका कमिटिको संयुक्त आयोजना तथा बेरिना प्रोफेशनल कम्पनीको सहकार्यमा सौन्दर्यकर्मीको शिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरका रहेको सौन्दर्यकर्मीहरलाई अभिमुखीकरण प्रदान गरिएको हो ।
नाबुन प्रदेश ३ अध्यक्ष गिता मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल९नाबुन० केन्दि«य उप–महासचिव अस्मिता श्रेष्ठको प्रमुख आतिथ्यता रेहेको थियो ।
कार्यक्रममा बेरिना प्रोफेशनल कम्पनीको सहकार्यमा, कम्पनीको बजार व्यवस्थापक सुमा चित्रकार तथा सिनियर हेयर स्टाइलिस सर्वजीत चौहनाले सहभागि सौन्दर्यकर्मीहरुलाई विभिन्न प्रकारको हेयर स्टाइलको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा नाबुन प्रदेश ३ सदस्य सबिना बानियाँ, सुमित्रा मुडभरी, प्रदेश इन्चार्ज कार्यक्रम संयोजक पुजा लामा,नाबुन हेटौँडा नगर अध्यक्ष सजिता केशी,नाबुन हेटौँडा नगर सचिव भगवती श्रेष्ठलगायत मकवानपुर क्रियाशिल करिब २ सय सौन्दर्यकर्मीहरुको सहभागिता रहेको थियो ।