स्मृति दिवसमा रुपचन्द्र बिष्टलाई सम्झदा
निस्पक्ष सक्रियताको अभ्यास थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको स्मृति दिवस मनाइएको छ । रुपचन्द्र बिष्ट स्मारक समिति नेपाल मकवानपुरले आज नवलपुरमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अहिले राजनीतिक क्षेत्रमा इमान्दारीता हराएको भन्दै रुपचन्द्र बिष्टबाट सबै राजनीतिज्ञहरुले सिकेर अघि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले रुपचन्द्रको नाममा कुनैपनि क्षेत्रमा भौतिक पूर्बाधार लगायतका काममा सघाउन आफु तयार रहेको समेत बताउनुभएको छ । रुपचन्द्र बिष्टको अल्पायुमै निधन भएको स्मरण गर्दै मेयर महतले भन्नुभयो– रुपचन्द्र बिष्ट नेपाली जनताले धेरै आशा र भरोसा गरेको व्यक्ति हुनुहुन्थ्यो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले रुपचन्द्र बिष्टलाई ब्यवहारमा अनुशरण गरे मात्र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताउनुभयो । रुपचन्द्रका धेरैकुरा व्यवहारमा लागू गरिनुपर्ने बताउनुभयो ।
रुपचन्द्र बिष्ट स्मारक समिति नेपाल मकवानपुरका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुलसी थापा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेकपा मकवानपुरका नेता बलराम बल, नेपाली काग्रेश मकवानपुरका नेता प्रदिप कोइराला, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, संस्थाका उपाध्यक्ष नरेन्द्र रिजाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।