सव डिभिजन कार्यालय मकवानपुर वरपरको जंगलमा भालु देखा पर्यो

छहारी संवाददाता
असार ७, २०७६

हेटौंडा ९ मा रहेको जिल्ला वन कार्यालय मकवानपुरको सव डिभिजन कार्यालय वरपर भालु देखा परेको छ।

हेटौंडामा पर्सा वन्यजन्तु आरक्षबाट भालु पसेको हुन सक्ने आसंका गरिएको छ । तर, दुईवटा भालु हेटौंडाका जंगलमा नै बसिरहेको प्राविधिकहरुले बताएका छन् ।

भालुको संरक्षणमा वन कार्यालय पनि लागिपरेको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अचुत लामिछानेले बताउनुभयो ।

मकवानपुरको बकैया, ठिंगन, चन्द्रागिरी लगायतका स्थानमा पनि भालु देखा परेको छ । मकवानपुरका जंगल घना बनेसंगै चित्तल, मृग लगायतका जनावर बेला बेला देखा पर्ने गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*