आईसीसी विश्वकप क्रिकेटः श्रीलंकासंग हारेसंगै इंग्ल्याण्डको शीर्ष स्थानमा उक्लने मौका गुम्यो

छहारी संवाददाता
असार ७, २०७६

१२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेटमा आयोजक तथा उपाधि दाबेदार इंग्ल्याण्डलाई श्रीलंकाले पराजित २० रनले गरेको छ ।

लिड्समा भएको खेलमा श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्ड ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा अलआउट भयो ।

इंग्ल्याण्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । जोय रुटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनाएको थियो । श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङस खेले । यो हारसंगै इंग्ल्याण्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

इंग्ल्याण्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो हार व्यहोरेको इंग्ल्याण्ड तेस्रो स्थानमा छ । इंग्ल्याण्डलाई हराएसंगै श्रीलंकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ ।

श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । विश्वकपमा आज २ खेल हुँदैछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*