सरकारले फेरि पनि क्रान्ति निम्ताइरहेको छः मोहन खैद्य

छहारी संवाददाता
असार ६, २०७६

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले राष्ट्रियता र नागरिकता माथि आक्रमण गरी सरकारले अर्को क्रान्ति निम्ताइरहेको आरोप लगाउनु भएको छ ।

क्रान्तिकारी युवा लिग, नेपालको हेटौडामा जारी प्रथम राष्ट्रिय सम्मेलनमा उहाँले नेपाली नागरिकका अधिकारको धज्जि उडाउदै फेरि पनि क्रान्तिका लागि जनतालाई उभ्याइरहेको टिप्पणी गर्नुभयो ।

महासचिव वैद्यले जवसम्म जनवर्गको अधिकार सुनिस्चित हुदैन तबसम्म क्रान्ति भइरहने भन्दै जनता पुन जनआन्दोलन गर्न तयार रहेको दाबी गर्नुभयो ।

युवा बर्ग अति शक्तिशाली हुने बताउदै उहाले प्रतिक्रियावादीको विरोधमा युवा लिग सडकमा उत्रने बताउनु भयो । सहिदको रगतमा उभिएर बनेको सरकारले भ्रष्ट भएर जनतालाइ धोका दिएको भन्दै उहाँले आक्रोस समेत व्यक्त गर्नुभयो ।

सम्मेलनमा पार्टिका स्थायि समिति सदस्य सिपि गजुरेलले मुलुकमा अब क्रान्ति आवस्यक छैन भन्दै सरकारले जबर्जस्ती संविधान लागू गरेको तर संविधान जनपक्षा अनुसार नबनेको बताउनुभयो ।

क्रान्तिकारी आवाज फेरि उठाउने चेतावनी दिँदै नेता गजुरेलले क्रान्तिको तयारी तिब्र रूपमा अघि बढाउन आवस्यक भएकोले सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– क्रान्ति आम जनताको चाहना र माग हो, हामी त्यसलाई पूरा गर्छौ ।

अमिर महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश तीनका पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, केन्द्रिय सदस्य इश्वर तिमलसीना, अखिल नेपाल ट्रेड युनियन अध्यक्ष लक्ष्मी मुडवरी, अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष हरी कृष्ण गजुरेल, केन्द्रिय सदस्य धनेश्वर, दिनेश शर्मा लगाइतको आतिथ्यता रहेको थियो ।

भाोलीसम्म चल्ने छ । पार्टीले भोली केन्द्रिय कमिटी समेत गठन गर्ने जनाइएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*