१५ दिने डल तथा कुशन बनाउने तालिम सुरु

छहारी संवाददाता
जेष्ठ २८, २०७६

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, वीरगञ्ज महानगरपालिका र पोखरिया नगरपालिकाको संयुक्त आयोजनामा १५ दिने डल तथा कुशन बनाउने तालिमको सुरु भएको छ ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले आज एक समारोह तालिमको उद्घाटन गर्नुभयो ।

उपमेयर कार्कीले डल तथा कुशन बनाउने तालिमको महत्व दर्शाउँदै लघु व्यवसाय विकास कोष पर्साले डल तथा कुशन बनाउने तालिम लगायत जिल्लाका गरिब एवम् विपन्न वर्गलाई स्वरोजगारमुखी तालिमहरु सञ्चालन गरी उनीहरुको जीवनस्तर उकास्न गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

उहाँले यस्ता कार्यहरुको लागि वीरगञ्ज महानगरपालिकाकोे सहयोग सदैव रहिरहने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा  वीउवासङ्घका सचिव एवम् लघु व्यवसाय विकास कोषका संयोजक अरबिन्द अमात्यले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सकेमा तालिमको उपयोगिता सिद्ध हुने र स्वरोजगार बनाउन र रोजगारी सिर्जना गर्न सहयोग गर्ने बताउनुभयो ।

उहाँले कोषद्वारा केही दिन अघि २१ दिने पापड बनाउने तालिम, २१ दिने मन्टेश्वरी शिक्षण तालिममा करिब ११० जना महिलाहरुलाई प्रशिक्षित गराइएको र तेस्रो संस्करणको रुपमा डल तथा कुशन बनाउने तालिम सञ्चालन भइरहेको बताउनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*