जङ्गली च्याउले लियो ज्यान
पाल्पामा जङ्गली च्याउ खाँदा २ जनाको ज्यान गएको छ भने ९ जना बिरामी भएका छन् ।
जिल्लाको निस्दी गाउँपालिका ३ मा जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा बिरामी परेका ११ जना मध्ये दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
निस्दी – ३ का ११ जना बिरामीमध्ये नौ वर्षका निर्मला सिंह ठकुरीको शनिबार तथा चार वर्षीय विष्णुसिंह ठकुुरीको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिरामीमध्ये अन्य नौ जनालाई थप उपचारका लागि भरतपुर सिफारिश गरिएको पाल्पा प्रहरीले जनाएको छ।