पुननिर्माण सम्बन्धि सार्वजनिक सुनुवाई

छहारी संवाददाता
जेष्ठ २८, २०७६

मकवानपुरगढी गाउँपालिकामा पुननिर्माण सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार मकवानपुरको आयोजना र दिगो समाधान परियोजनाको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुरगढी–३ का धर्म प्रसाद तिमल्सिना, रुपा चौलागार्ई, ६ का शारदा प्रसाद गौतम लगायतले आफुलाई परेका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर परियार, मकवानपुरगढी– का वडा अध्यक्ष बखानसिं पाख्रिन, ४ का रामप्रसाद तिमल्सिना, ५ का राम बहादुर घिमिरे, ६ का टिकाप्रसाद दाहालले आफ्नो वडामा रहेका भूकम्पपिडितको समस्याको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला ईकाई प्रमुख विमल किशोर केपी, इन्जिनियर रविन पाठक, विष्णुप्रसाद अर्याल लगायतले कार्यालयले हालसम्म गरेका कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रम मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको थियो । मकवानपुरगढी गाउँपालिकामा २ हजार २ सय १६ लाभग्राही रहेका छन् भने प्रवलीकरणमा १ हजारर ४ सय ३७ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*